पोखरा, ७ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मंसिर २० गतेसम्म सक्ने भएको छ ।
कास्की काँग्रेस पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, पोखरा महानगरसहित आइतबार बसेको बैठकले मंसिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मंसिर २० गतेसम्म नयाँ वितरण सक्ने निर्णय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
‘मंसिर २० सम्म क्रियाशील सदस्यता सम्वन्धी काम सक्ने गरी जिल्ला, क्षेत्र, प्रदेश र वडाले काम गर्ने छन् छ, प्रवत्ता सिग्देलले भने, केन्द्रको निर्देशन अनुसार तोकिएको समयभित्र काम सक्ने गरी कास्की काँग्रेस जुट्ने छ।’
कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता नवीकरण र नयाँ वितरणको काम मंसिर मसान्तसम्म सक्न देशभरका जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो ।
बैठकले सरकार पार्टीको आन्तरीक द्वन्द्वमा फँस्दै कोरोना महामारी नियन्त्रणप्रति गैर्जिम्मेवार बनिरहेको र संक्रमितले उपचार समेत नपाउने अवस्था भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकार गैरजिम्मेवार बनेका कारण आमनागरिकलाई आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै बैठकले महामारीका बेला समस्यामा परेका नागरिकको सहयोगमा जुट्न पार्टीका सबै निकायलाई निर्देशन समेत दिएको छ ।
त्यस्तै, निजी अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेको छ ।
बैठकले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसी, शिक्षासेवी पोखरा ६ निवासी ईन्जिनियर लेखबहादुर गुरुङ, क्रियाशील सदस्य पोखरा १३ का दुर्गादत्त भट्टराई, मादी १ का क्या. तेजबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैंठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।
Related News
सम्बन्धित समाचार
शिक्षा दिवसमा माछापुच्छ्रेका विभिन्न व्यक्तित्व सम्मानित
प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
Archives
Archives