पोखरा, २९ कात्तिक । नेपाली काँग्रेस कास्कीले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको १३ औं दिनको पुण्यतिथिमा शनिवार श्रद्वाञ्जली सभा गरेको छ ।
पोखरा ७ मुस्ताङचोक स्थित केसी निवासमा आयोजित श्रद्वाञ्जली सभामा पार्टीका नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको सहभागिता रहेको थियो ।
श्रद्वाञ्जली सभामा बोल्ने वत्ताहरुले स्वर्गीय केसीलाई समाजको असल अभिभावकका रुपमा स्मरण गर्दै उहाँको सदैव अभाव रहिरहने बताएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेता केसीको समाज सेवा प्रतिको समर्पण प्रशंसनीय भएको बताए । नेता केसीले समाजका हरेक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै विरासतलाई सफलताका साथ परिवारले अघि बढाउने विश्वास व्यक्त गरे ।
सहमहामन्त्री महतले सरकारले मुलुकलाई क्षयिकरणको दिशामा अघि बढाएको बताउँदै सरकारले अराजकता, जनताप्रति वेइमानी र कुशासनलाई बढाइ रहेको आरोप लगाए ।
नेता शुक्रराज शर्माले नेता केसीले जीवनको विरासतलाई प्रजातन्त्रमा समर्पित गरेको बताए । उनले केसीको नाममा प्रतिष्ठान स्थापना गरी समाज सेवाको अभियान अघि बढाउन सुझाव दिए ।
आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता यज्ञबहादुर थापा र सोभियतबहादुर अधिकारी, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले समाज,पार्टी र परिवारलाई केसीको अभाव सदैव रहने उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोलॉमधु’, नेतृ शारदा पौडेल, क्षत्री समाजका उपाध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस पोखरा ७ का सभापति नवीन बराल, नेता बोधराज कार्की र परिवारको तर्फबाट भिनाजु कृष्णबहादुर थापाले बोलेका थिए ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव देवेन्द्र रानाभाट सञ्चालन गरेका थिए ।
राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य र संचारलगायतका क्षेत्रमा योगदान पु¥याएका नेता केसीको ६३ वर्षको उमेरमा कात्तिक १७ गते निधन भएको थियो ।
Related News
सम्बन्धित समाचार
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने