राहत व्यवस्थापन र कोरोना परीक्षणको दायरा बढाउन माग

राष्ट्र न्यूज सम्वाददाता
जेठ १४, २०७७
flag

पोखरा, १४ जेठ । नेपाली काँग्रेस कास्कीले काँग्रेसबाट पोखरा महानगरपालिकाका वडाहरुमा निर्वाचित वडाध्यक्षहरुसँग बैठक गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैठकमा कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र १० वटा वडाका वडाध्यक्षहरु सहभागी थिए ।

बैठकले लकडाउन लम्बिरहेका बेला गरीब तथा विपन्न परिवारका लागि राहत अत्याश्यक भएकाले राहतको व्यवस्थापन गर्न र कास्कीमा कोरोना परीक्षणको दायरा बढाउन माग गरेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए ।

बैठकमा कोरोनापछि आमनागरिकमा परेको असरसँगै जनप्रतिनिधि र पार्टीले निर्वाह गर्नुपर्ने भूमिका विषयमा छलफल भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सिग्देललाई मातृ शोक

    राष्ट्र न्यूज सम्वाददाता भाद्र ३०, २०७८
    पोखरा, ३० भदौ । पूर्व कर्मचारी सेवा परिषद् कास्कीका पूर्व अध्यक्ष कृष्णकान्त सिग्देललाई मातृ शोक परेको छ । उहाँकी ममतामयी…
  • उपसभापतिमा अधिकारीको उम्मेद्वारी

    राष्ट्र न्यूज सम्वाददाता भाद्र २५, २०७८
    पोखरा, २५ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका कृष्ण प्रसाद अधिकारीले उपसभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ…
  • खम्बाबाट खसेर निखिलको मृत्यु

    रासस भाद्र १९, २०७८
    ओखलढुङ्गा, १९ भदौ (रासस) । विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको…
  • कम हुँदै सङ्क्रमण

    रासस भाद्र १३, २०७८
    काठमाडौँ, १३ भदौ (रासस) :पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा…
  • मकै जोगाउन रातमा जाग्राम

    रासस भाद्र १३, २०७८
    डोटी, १३ भदौ (रासस) । जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने…