पोखरा, २० चैत । निर्माण व्यवसायी समिति पोखरा नेपालले लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई सहयोग गरेको छ ।
समितिले पोखरा ३१ बेगनास माझथरमा रहेका २५ परिवारलाई करीब १ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो । समितिले चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सहयोग गरेको थियो ।
समितिका अध्यक्ष नारायण गुरुङ, निवर्तमान अध्यक्ष अर्जुन थापा, वरिष्ठ उपाध्यक्ष नवराज बस्नेत, सचिव शिव खड्कालगायतका पदाधिकारी एवं सदस्यले सहयोग हस्तान्तरण गरेका थिए ।
‘समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेका हौ अध्यक्ष नारायण गुरुङले भने, संकटका बेला सकेको सहयोग गर्नु सबैको कर्तव्य हो।’
Related News
सम्बन्धित समाचार
बाबु र छोराको हत्या
सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा
शैल्यशिखर दुर्घटनामा तीनको मृत्यु
रेडियो सुन्दै, डोको बुन्दै किसान
विजय उत्सव मनाइँदै