पोखरा, ३१ असार । नेवि संघ जनप्रिय बहुमुखि क्याम्पस इकाइ समितिले सोमवार गरेको रक्तदानबाट ७८ युनिट रगत संकलन भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्र कुँवरले नेवि संघका यस्ता क्रियाकलापले समाजमा सकारात्मक सन्देश जाने बताए ।
नेवि संघ कास्की नेता पशुपति भट्टराईले नेवि संघका विद्यार्थी बाढीपहिरो प्रभावित क्षेत्र तराईका नागरिकलाई राहत सामग्री वितरणका लागि जाने बताए ।
त्यस अवसरमा स्ववियु जनप्रिय क्याम्पस सभापति आशिक गुरुङले पनि बोलेका थिए । कार्यक्रम संयोजन इकाइ सहसंयोजक निर्दाेष पौडेलले गरेका थिए ।
इकाइ सभापति नसीव गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव हिक्मतजङ्ग कार्की र विजय अधिकारीले संयुक्त रुपमा संचालन गरेका थिए ।
,
Related News
सम्बन्धित समाचार
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग
‘कास्कीलाई विकासमा नमुना बनाऔ’
शिक्षाको गुणस्तर बढाउन वडामा अन्तरक्रिया
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन