पोखरा, ३ जेठ । हेम्जा वोर्डिङ स्कूल पोखरा– २५ हेमजामा जुनियर युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ ।
पुनर्गठित समितिको अध्यक्षमा अनिष दहाल, उपाध्यक्षमा संचिता त्रिपाठी, सचिवमा स्वस्तिका पोख्रेल, सहसचिवमा रश्मिता थापा, कोषाध्यक्षमा समिक्षा गायक चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अनिषा दाहाल, आयुषा पौडेल, प्रविना सापकोटा, रविन दाहाल, आयुष पौडेल तथा आमन्त्रित सदस्यहरुमा उषा गौतम, पिंगल कुँवर, नवराज विक रहेका छन् ।
त्यस्तै सल्लाहकार तेजेन्द्र कुँवर, विष्णु कुँवर, नारायणी वस्नेत, विमल भण्डारी, मनोज काफ्ले, सूर्यराज त्रिपाठी, अमृत कट्टेल रहेका छन् ।
सर्कलको संरक्षकमा केशवशरण पौडेल, शिक्षक नायकमा शुक्रराज श्रेष्ठ, शिक्षक सहनायकमा अशोक खाती रहेका छन् ।
यसैगरी हेमजा वडा बाल मञ्चले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएका विद्यार्थी अनिष दहाल, अनिष दहाल, आकाश कुँवर र अर्चना पौडेललाई सम्मान गरिएको थियो ।
शुक्रबार नै विद्यालया विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको अतिरिक्त क्रियाकलाप प्रमुख नारायणी बस्नेतले जानकारी दिइन् ।
विद्यार्थीहरुको सदन समेत विभाजन गरिएको हाउस कोअर्डिनेटर विष्णु कुँवरले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै