पोखरा २० वैशाख । पोखरा महानगरपालिका २५ हेमजा निवासी डा. अनिल थापाले अब त जनतासँग नहोस् हजुर झेल भन्ने बोलको गित ल्याएका छन् ।
शिर्ष नेतृत्वले पटक÷पटक जनतालाई आश्वासन मात्र दिने गरेको तर्फ व्यङग्य गर्दै उनले सो गित ल्याएका छन् । उनको सो गित युट्ुवमा हेर्न सकिन्छ ।
गित मार्फत मुख्य गरी नेपालमा रेल संचालन गर्ने प्रतिवद्वता पूरा गर्नका लागि दबाब दिइएको छ ।
कहिले मुलुकलाई स्वीजरल्याण्ड बनाउँछु भनियो, कहिले बेरोजगारी समस्या पूर्णरुपमा समाधान गर्छु भन्दै भोट मागिएको छ, उनले भने – ‘नेताको आश्वासनले जनता वाक्क भएकाले सो गित तयार पारेको हु ।’
उनले युट्ुवमा गित हेरेर आवश्यक सुझाव दिन आग्रह गरेका छन् । गितको रचनाकार डा अनिला थापा नै हुन् भने रोम तामाङले संगित दिएका छन् । गितको कोरसमा टिना पुन, सृजना गायक र उर्मिला पुन छन् ।
Related News
सम्बन्धित समाचार
युवा टोल सुधार समितिको सांस्कृतिक साँझ
३५ विद्यामा फेशन अवार्ड वितरण
पोखरामा फेशनको महाकुम्भ शुरु
पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा
पाँच लाखको दुलही ड्रेस पोखरा फेशन विकमा