वीरेठाँटी (कास्की), १० चैत । अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी युवा परिवारको आयोजनामा भएको फागुपूर्णिमा मेला शनिवार सकिएको छ ।
मेलाको मुख्य आकर्षणका रुपमा रहेको अन्तर गाउँपालिका वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि मोदी गाउँपालिका–१, भुकको टोलीले जितेको छ ।
उपाधि जितेसँगै उसले नगद रु. एक लाख एक हजार एक सय ११ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
उपबिजेता बनेको मोदी गाउँपालिका–५, बाजुङको टोलीले रु. ५० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
समापन समारोहमा प्रमुख आतिथि मेलाका मुख्य प्रायोजक चिनबहादुर प्यारी प्रतिष्ठानका अध्यक्ष पूर्ण कोले गुरुङले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ मेला गरिएकोमा खुसी व्यक्त गर्दै मेलाका विविध पक्षका बारेमा चर्चा गरेका थिए ।
विशेष अतिथि नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष तथा क्लवका वरिष्ठ सल्लाहकार देवेन्द्रकुमार शेरचनले परापूर्व कालदेखि वीरेठाँटीमा मेला लाग्दै आएको चर्चा गर्दै वीरेठाँटीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यका साथ मेला गरिएको स्पष्ट पारे ।
त्यसअवसरमा वडा नं ९ का अध्यक्ष बलबहादुर क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अमर नेपाली, वडा नं. ८ का सचिव राजन तिमिल्सिना, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति दाङसिङका अध्यक्ष तिलबहादुर गुरुङ, वीरेठाँटी आमा समूहकी अध्यक्ष विष्णुमाया गुरुङ लगायतले बोलेका थिए ।
क्लवका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम स्थानीय भुमे आधारभूत विद्यालयका प्रधानाध्यापक तेजप्रसाद शर्माले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
टाइगर कप भलिबलः फाइनल खेल आज हुने
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
लम्बियो टाइगर कपः बिहीबार महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने
टाइगर कप भलिबलः आज लिगका अन्तिम चरणका खेल हुने
तेस्रो माछापुच्छे गाँउपालिका अध्यक्ष कप फागुन दोस्रो साता देखि