पोखरा, ३ माघ । नेपाल तरुण दलले माघ ११ गते पोखरामा गर्न लागेको प्रदर्शनका लागि बिहीबार तयारी बैठक भएको छ ।
नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, नगरसभापति, शुभेच्छुक तथा भातृ संस्थाका सभापतिहरुको संयुक्त बैठक बसेको हो ।
बैठकले पोखराको चिप्लेढुङ्गाबाट प्रदर्शन शुरु गरी नयाँबजार हुदै पृथ्वीचोकमा पुगेर सभा गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदर्शनलाई भव्य बनाउनका लागि पार्टीका सवै निकाय परिचालित गर्ने निर्णय गरेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना तथा नेपाल तरुण दल कास्कीको व्यवस्थापनमा प्रदर्शन हुन लागेको हो ।
भ्रष्टाचार, मंहगी, कर, वाइडवडी काण्डको विरोध तथा निर्मला पन्तका हत्यारालाई कारवाहीको मागगर्दै देशव्यापी प्रदर्शन गर्ने तरुण दलले जनाएको छ ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
कतै वर्षा, कतै हिमपात
स्ववियु निर्वाचन केन्द्रीत बन्दै विद्यार्थी संगठन,निर्वाचन समिति गठन
अभिनेता शाह रिहा
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
आज शिवरात्री पर्व