पोखरा, २९ मंसिर। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, गण्डकी प्रदेशले आयोजना गरेको जिआईएससम्बन्धी तालिम शनिवार सकिएको छ।
तालिममा निर्देशनालयका तालिम केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की तनहुँ, गोरखा लमजुङ, स्याङ्जा, वागलुङ र म्याग्दी मत्स्य विकास केन्द्र मिर्मी लगायतबाट १८ जना सहभागी थिए।
एक सातासम्म चलेको तालिममा पशुपक्षीको तथ्यांक संकलन गर्ने र डिजिटाइड गर्ने कार्यालयको पकेट क्षेत्र निर्धारण गर्ने नक्सामा राखेर डाटा व्यवस्थित गर्नेबारे सिकाइएको थियो। तालिममा खगेन्द्र पौडेल र दयासागर सुवेदीले सहजिकरण गरेका थिए। समापन समारोहमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव शरदचन्द्र श्रेष्ठले तालिमलाई उपयोगी बनाउनु पर्नेमा जोड दिए।
‘पहिलो चरणको तालिम सकिएको छ । यो पर्याप्त होइन,’ उनले भने, ‘यसलाई उपयोगी बनाउन अरु चरणमा पनि तालिम संचालन गरिने छ।’
निर्देशनालयका निर्देशक डा मनबहादुर पुनले सही तथ्यांक अभावमा योजना प्रभावित हुने गरेको उल्लेख गरे। कार्यक्रममा सहभागीतर्फबाट डा कृष्णप्रसाद आचार्यले बोलेका थिए।
कार्यक्रम निर्देशनालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
Archives
Archives