पोखरा, २५ भदौ । लोककवि अलि मियाँको सम्झनामा पोखरामा दोस्रो अलि मियाँ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
नेपाल मुस्लिम युवा समितिले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा करिब ४५ टिम सहभागि हुने अनुमान गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं –१३ संगमटोल माछापोखरीस्थित खेल मैदानमा असोज १४ गतेदेखि शुरु हुने प्रतियोगिता २० गतेसम्म चल्नेछ।
यसवर्ष पनि प्रतियोगिता आयोजना गर्ने भएका छौं, नेपाल मुस्लिम युवा समितिका अध्यक्ष अफजल हसेन मियाँले भने – ‘प्रतियोगिता सफल बनाउन सवैबाट सहयोगको अपेक्षा गरेका छौं ।’
प्रतियोगिताको बिजेताले एक लाख २५ हजार र उपबिजेताले ७० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र पाउँने छन् ।
त्यस्तै, सर्वोत्कृष्ठ खेलाडीले तीन हजार, उत्कृष्ठ डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरले जनही दुई हजार पाँच सय रुपैयाँको साथमा ट्रफी पाउँने छन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताबाट बचत भएको रकम एकल महिला र बालबालिकाका क्षेत्रमा खर्च गरिने छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल खेल सकियो
युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रा तर्फ अमरसिंह र छात्र तर्फ बाराही प्रथम
पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व
भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन
Archives
Archives