पोखरा, २७ साउन । आयोजक फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीले दोस्रो सिक्स ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
रानीपौवा स्पार्टस् सेन्टरमा शनिबार भएको फाइनलमा पोखरा इलेक्ट्रोनिक्स एशोसिएसनलाई ४–१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधिसहित नगद ५१ हजार, ट्रफी मेडल र प्रमाणपत्र जितेको होे । उपविजेताले ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
त्यस्तै, अनुशासित टिम घोषित हनुमान गल्ली व्यापारिक एशोसियशनलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइयो । खेलमा उत्कृष्ट खेलाडी फेन्सी तथा रेडिमेड व्यवसायी संघका नरेश केसी र सर्वाधिक गोलकर्ता दीपेन्द्र रोकालाई जनही दुई हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसअघि गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले प्रतियोगिता उद्घाटन गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला, पोखरा उद्योग वाणिज्य संघकी सदस्य सीता बराल, फ्लोरिङ एण्ड फर्निसिङ्ग एशोसिएसनका अध्यक्ष माधव भण्डारी र संस्थापक अध्यक्ष कमलनाथ कुँवरले बोलेका थिए ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष प्रदीपकुमार मुल्मीले स्वागत र महासचिव राजु पौडेलले संचालन गरेका थिए ।
तस्विर सौजन्य ः ड्रिम पिक्चर्स
Related News
सम्बन्धित समाचार
कास्की जिल्ला जिम्न्याष्टिक्स संघको अध्यक्षमा सोमबहादुर
माछापुच्छ्रे ४ मा योजना तर्जुमा
प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगितामा कास्की प्रथम
छात्र छात्र बृद्धिचालको उपाधी त्रिवेणी पब्लिकलाई
बगर भाई खलक सुपर भेट्रान फुटबल खेल्न भारत जाँदै