पोखरा, ८ साउन । चिकित्सा क्षेत्र सुधारको अभियानमा होमिएका डा. गोविन्द केसीप्रति समर्थन जनाउने क्रम जारी छ ।
उनको समर्थन तथा सरकारलाई दबाब दिन दिनहुँ जसो देशका विभिन्न स्थानमा गतिविधि भैरहेका छन् । यसैक्रममा पोखरामा मङ्गलबार पनि डा. गोविन्द केसी बचाऔं भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
पोखरामा रहेको वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी विनोद चापागाईको पहलमा ¥याली निकालिएको थियो ।
संस्थानका विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीय सहभागि ¥यालीले क्याम्पस वरपर क्षेत्र परिक्रमा गरेको थियो ।
म डा. गोविन्द केसीबाट प्रभावित छु नवलपरासीका विद्यार्थी चपागाईले भने – ‘जनताका पक्षमा उभिएका डा. केसीलाई समर्थन गर्नु हामी सबैको कर्तव्य हो।’
वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक विष्णुहरि वाग्लेले डा. केसीलेले गरिरहेको आन्दोलन सवैको साझा आन्दोलन भएको उल्लेख गरे ।
विद्यार्थी डिल्लिराज बस्यालले डा. केसीलाई सवैले साथ र सहयोग गर्नु पर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
नेपाली कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात
दुर्घटनामा एकको मृत्यु, चार घाइते
कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू
काँग्रेस सभापति देउवाद्वारा सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेकोमा स्वागत
१० लाख अवैध भारतीय रुपैयाँसहित खान पक्राउ