पोखरा, ४ साउन । नेपाली काँग्रेस कास्कीले पार्टीको महासमिति बैठक पोखरामा गर्न माग गरेको छ ।
कास्की काँग्रेसको शुक्रबारको बैठकले महासमिति बैठक पोखरामा गर्न माग गर्दै केन्द्रीय कार्य समितिलाई पत्र पठाउने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
बैठकमा सरकारको अधिनायकवादी र जनविरोधि क्रियाकलाप विरुद्व साउन १५ गते पोखरामा गरिने प्रदर्शनलाई शशक्त र प्रभावकारी बनाउन जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्यहरुलाई ३३ वटै वडामा खटाउने निर्णय गरेको छ ।
बैठकले वीपी स्मृति दिवसमा साउन ६ गते आइतबार गर्ने रक्तदान कार्यक्रममा सहभागीता जनाउन सवैलाई आग्रह गरेको छ ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
कतै वर्षा, कतै हिमपात
स्ववियु निर्वाचन केन्द्रीत बन्दै विद्यार्थी संगठन,निर्वाचन समिति गठन
अभिनेता शाह रिहा
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
आज शिवरात्री पर्व