पोखरामा फेशनको महाकुम्भ शुरु

राष्ट्र न्यूज सम्वाददाता
असार २९, २०७५
fashion award nepal

पोखरा, २८ असार । पोखरामा बिहीबारदेखि पोखरा फेशन विक शुरु भएको छ ।

पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा शुरु भएको फेशन विक शुक्रबारसम्म चल्ने छ ।

ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम भएको हो ।

देशभरबाट फेशन डिजाइनर र मोडलहरु पोखरा आएका छन् कार्यक्रम संयोजक रवीन गुरुङले भने – ‘यो फेशनको महाकुम्भ हो ।’

तीजका लागि ‘लै बरि लै’ थिम अन्तर्गत विभिन्न नयाँ डिजाइनहरु प्रदर्शन सँगै फेशन विक शुरु गरिएको छ ।

फेशन विकमा फेशन स्कुलका २० भन्दा बढी डिजाइनर, डिजाइनर्स क्लबका सम्पूर्ण डिजाइनरहरु, एनआईएफ काठमाण्डौं, सेन्ट्रल फेशन हब हेटौडा, आइएफसि चितवन, सहित काठमाण्डौं, भक्तपुर, बुटवलका फेशन डिजाइनर र १२ जनाभन्दा बढी बुटिक सहभागी छन्।

फेशन डिजाइनरले बनाएका पोशाक लोकप्रिय मोडलहरुले प्रदर्शन गर्ने छन् । कार्यक्रममा एक सयभन्दा बढी नयाँ डिजाइनका पोशाक र ५० वर्ष अगाडीका पहिरनहरु प्रस्तुत गरिदै छ । बिहीबार मात्रै ४५ जना मोडलले नयाँ डिजाइनका पहिरन प्रदर्शन गरे ।

३० गते भने फेशन अवार्ड नेपाल गरिने छ । जसमा फेशन स्टाइल, डिजाइनर र बुटिकका विभिन्न ४० विद्यामा अवार्ड वितरण गरिने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives