पोखरा, १६ असार। लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि १ अन्तर्गत जोन १८ रिजन ९ को प्रि जोन मिटिङ सम्पन्न भएको छ ।
मिटिङमा जोन १८ अन्तर्गतका क्लबले आफ्ना वार्षिक गतिविधि प्रस्तुत गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष सुजित श्रेष्ठ, लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीका अध्यक्ष झंकनाथ पोख्रेल, लायन्स क्लब अफ पोखरा ग्रिन सिटीका अध्यक्ष नवराज भण्डारी, लायन्स क्लब अफ पोखरा सेन्टीनिलयलका अध्यक्ष महेश श्रेष्ठ, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विनोदप्रसाद त्रिपाठी, लायन्स क्लब अफ पोखरा सराङकोटका अध्यक्ष महेश तिमिल्सिनाले आ–आफ्ना क्लबको वार्षिक गातिविधि प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिफ पिआरो परमेश्वर बरालले क्लबलाई मजवुद बनाउनका लागि लायन लिडरहरु लाग्नुपर्ने बताए ।
कार्यक्रममा एनएलअफ डिपाटमेण्ट डेपुटी चिफ विनोद ढुंगाना, सिनियर एडभाइजर एकनारायण शर्मा, एड्भाइजर बाबुराम अधिकारी, जिएलटी कोअडिनेटर पृथ्वीराज तिमिल्सिना, जिएमटी कोअर्डिनेटर सूर्यनाथ कोइराला, जिएसटी कोअडिनेटर सुरेन्द्र पौडेल, कमिटि चियर पर्सन विष्णु बराल, कमिटिचियर पर्सन कुलचन्द्र शर्मा, रिजन चियरपर्सन मोतिराज तिमिल्सिना, जोन चियरपर्सन लक्ष्मी बरालले बोलेका थिए।
जोन चियर पर्सन केदार ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
Related News
सम्बन्धित समाचार
प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता सुरु
नयाँ प्रहरी ऐनमा सामुदायिक (प्रहरी) सेवा केन्द्रलाई समेट्न कास्कीका सामुदायिकको आग्रह
हेमजाको साझा चोकदेखि तिब्बतियन क्याम्प सम्मको सडक स्तरोन्नति कार्य शुरु
एभरेस्ट एफएमको चौथो वार्षिकोत्सवमा मानव सेवा आश्रममा थप १ लाख प्रदान
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
Archives
Archives