पोखरा, १४ असार । नेपाली काँग्रेस कास्कीले बिहीबार विज्ञप्ति प्रकाशित गरी बेपत्ता भएका पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको खोजी कार्य तिव्र पार्न आग्रह गरेको छ ।
बेपत्ता भएको ६ दिन बिति सक्दापनि खोजी कार्यमा सार्थक परिणाम आउन नसक्नु दुःखद् विषय भएको भन्दै पोखरा महानगरपालिका, स्थानीय प्रशासन र सुरक्षा निकायलाई खोजी कार्य तिव्र पार्न आग्रह गरेको हो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आधुनिक प्रविधि, उपकरण र दक्ष जनशक्ति रहेको अवस्थामा खोजी कार्यमा भैरहेको ढिलाई राजनैतिक आस्थाको आधारमा गरिएको विभेद त होइन ? भन्दै शंका व्यक्त गरिएको छ ।
विज्ञप्तिमा पछिल्ला दिनहरुमा कर्मचारी समायोजनको नाममा गर्न खोजिएको सरुवा त्रास, दबाब, धम्की जस्ता मनोबैज्ञानिक कारणबाट पनि बरिष्ठ अधिकृत पौडेल बेखबर अवस्थामा पुगेको हुन सक्ने भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको उल्लेख छ ।
नेपाल स्थानीय निकाय कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष समेत रहेका बरिष्ठ अधिकृत पौडेल असार ९ गते बिहानदेखि बेपत्ता छन् ।
Related News
सम्बन्धित समाचार
घाँस काट्ने क्रममा गैंडाको आक्रमण, विकको मृत्यु
बढ्दै सम्बन्धविच्छेद
भोकै छन् राउटे
चन्द समूहसँग वार्ता गर्न टोली गठन
घाँस काट्न जाने क्रममा नीलगाईको आक्रमण,एक जनाको घटनास्थलमै मृत्यु