पोखरा, ६ असार । नेपाल तरुण दलले सरकारले मूल्य बृद्विसँगै मनोमानी गरिरहेकोभन्दै सरकारको विरोधमा पोखरामा बुधबार प्रदर्शन गरेको छ ।
नेपाल तरुण दल पोखरा लेखनाथ महानगरसमितिले सरकार विरुद्व नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।
पोखरा चिप्लेढुङ्गा स्थित नेपाली काँग्रेस कास्कीको प्राङ्गणबाट शुरु भएको प्रदर्शन महेन्द्रपुल भिमसेनचोक परिक्रमापछि वीपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागी युवा, विद्याथी र काँग्रेसका नेता तथा कार्यकर्ताले मूल्य बृद्वि फिर्ता गर, सरकारको मनोमानी बन्द गर, प्रेस स्वतन्त्राको सम्मान गर, पोखरामा घन्कियो जयनेपाल जस्ता नारा लगाएका थिए ।
नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिका अध्यक्ष महेन्द्र पुन ‘भान्जा’को अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल पर्वतका अध्यक्ष राज मल्ल ठकुरी, तरुण नेता सुरजजंग राणा, सचिव पदम गुरुङ र क्षेत्र नं २ का अध्यक्ष डि.आर भट्टराई लगायतले बोेलेका थिए ।
Related News
सम्बन्धित समाचार
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
चोरीका चार मोटरसाइलसहित छ पक्राउ
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह