पोखरा, २ असार । अनेरास्ववियू (क्रान्तिकारी) ले असार ३ गते आइतबार देशव्यापी शैक्षिक हड्ताल घोषणा गरेको छ ।
नेता तथा कार्यकर्तालाई पक्राउ गरी झुट्टा मुद्वा लगाएकोभन्दै त्यसको विरुद्व शैक्षिक हड्ताल घोषणा गरेको अनेरास्ववियू(क्रान्तिकारी)ले जनाएको छ ।
मूल्य बृद्वि, भ्रष्टाचार, अरुण तेस्रो सम्झौता विरुद्व संघर्ष गरिरहेको अवस्थामा संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरी भुट्टा मुद्वा लगाएको विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्ववियू(क्रान्तिकारी) कास्कीका अध्यक्ष काजी गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा कास्कीका निजी तथा सामुदायिक शैक्षिक संस्थाहरु संचालन नगर्न अनुरोध गरिएको छ ।
Related News
सम्बन्धित समाचार
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा
पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु