पोखरामा मिष्टर एण्ड मिस एसइई नेपाल – २०१८ सिजन फोर

राष्ट्र न्यूज सम्वाददाता
जेठ २१, २०७५
34408895_1229959383815395_6851596709802278912_n

पोखरा, २१ जेठ । गस्पेल मल्टिमिडिया प्रा.लिले पोखरामा मिष्टर एण्ड मिस एसइई नेपाल – २०१८ सिजन फोर गरेको छ ।

सो सौन्दर्य प्रतियोगितामा मिष्टरतर्फको उपाधी सनफ्लावर बोर्डीङ स्कुलका सचिन अधिकारी र मिसतर्फको उपाधी कास्की मोडनाइज्डकी बिन्ति गुरुङले जितेकी छन् ।

उपाधी बिजेताहरुले ताज, ट्रफि सहित नगद २५ हजार रुपैया पाएका छन्।

मिष्टरतर्फ फष्ट रनर अप आदर्श उच्च मावि गल्याङका अनिज अमात्य, सेकेण्ड रनर अप प्यारामाउण्ट बोर्डीङ स्कुलका जेनिथ गुरुङ, अर्गनाईजर च्वाईसमा बेसलाईन एकेडेमीका बिनोद गुरुङ र भ्युवर च्वाईसमा पोखरा पब्लिक बोर्डीङ स्कुलका सुमन कोइराला बने ।

मिसतर्फ फष्ट रनर अप सेन्ट फान्सेस स्कुलकी सोनिया गुरुङ, सेकेण्ड रनर अप सहित भ्यूवर च्वाईस एसओएसकी छिमे डोल्कर, अर्गनाईजर च्वाईस दि विज्डम कास्की बोर्डीङ स्कुलकी शान्ति सुनुवार बने ।

उपाधी बिजेता सहित टाइटर बिजेताहरुलाई पोखराको प्रतिभा उच्च माविमा छात्रवृत्ति उपलब्ध गराइने छ।

प्रतियोगितामा मिष्टरतर्फ १० र मिसतर्फ ११ जना अन्तिम प्रतिस्पर्धामा उत्रेको गस्पेल मल्टिमिडिया प्रा.लिका प्रवन्ध निर्देशक प्रतिक ठकुरीले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकमा गुरुकुल उच्च माविका प्रिन्सिपल मिलन केसी, प्रतिभा उच्च माविका शिक्षक राकेश जोशी, फेसन डिजाईनर अमित बराल, मिसेस गण्डकी – २०१६ निलिमा हिराचन श्रेष्ठ, फष्ट रनर अप भावना महत, मिस कास्की – २०१७ निकि खड्गी थिए । यसअघि स्वास्थ्यकर्मी पत्रुस पुनले प्रतियोगिता उद्घाटन गरेका थिए ।

गस्पेल मल्टिमिडिया प्रा.लिका अध्यक्ष निरु पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रम मिष्टर एण्ड मिस एसइई नेपाल – २०१५ सिजन फष्टका बिजेता जेरी गुरुङ र मिष्टर एण्ड मिस कलेज नेपाल सिजन फष्टका फष्ट रनर अप साहिल गुरुङले संयुक्त रुपमा संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives