पोखरा, १५ जेठ। कोरियोग्राफ्री वकर्सप, लेसन फर स्कूल एण्ड किन्डरगारेन्टस् टिचर, वल्ड एज्ड कार्यशाला गोष्ठिमा प्रशिक्षण दिन जर्मनी टोली सोमबार पोखरा आएको छ ।
जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीको अयोजनामा हुने तीन दिने कार्यशाला गोष्ठिमा प्रशिक्षण दिन जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह पोखरा आएको हो ।
उनीहरुलाई जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका संयोजक राजु कायस्थ, सदस्य केशवशरण पौडेल, सदस्य राजु केसी, सदस्य शिवराज पौडेल, सदस्य मनकाजी गुरुङ, सल्लाहकार हेमन्त अधिकारी तथा प्रेस संयोजक प्रकाशचन्द्र सापकोटाले माला लागाई स्वागत गरेका थिए । गोष्ठि जेठ १५ देखि १७ गते सम्म चल्ने छ ।
गोष्ठिमा जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह र नेपाल जिम्न्याष्टिक्स महासंघका महासचिव प्रकाशलाल श्रेष्ठले प्रशिक्षण दिने जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका सदस्य केशवशरण पौडेलले जानकारी दिए ।
गोष्ठिमा निजि तथा सामुदायिक विद्यालयका शिक्षक , शिक्षिका, प्रिन्सिपलसँगै ५० वर्ष नाघेका नागरिक गरी १ सय जना सहभागी रहने संयोजक कायस्थले जानकारी दिए ।
गोष्ठि सम्पन्न गर्न करिब ४ लाख रुपैया खर्च लाग्ने जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका सदस्य राजु केसीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
टाइगर कप भलिबल ः विभागिय टोलीहरुको बर्चश्व
शिक्षकलाई खेलकुदको तालिम दिन क्लबसँग गण्डकी विश्वविद्यालयको सम्झौता
फ्रान्स विश्वकपको सेमिफाइनलमा
विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा
नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने