कालिकोट, १ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीतिले पार्टीलाई धराशयी बनाउँदै लगेको बताएका छन् ।
पैसा प्रवृत्तिबाट मुक्त गरेर संघर्ष, त्याग, सिद्धान्त र योगदानका आधारमा काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई नयाँ जीवन र उर्जा दिनुपर्ने उनको भनाइ छ ।
उनले युवा पुस्ता र आधुनिक समयको जनताको चाहना अनुसारका कार्यक्रम र नीति पार्टीले ल्याउनुपर्नेमा समेत जोड दिए ।
कर्णालीमा काँग्रेस संगठन सृदृढीकरण अभियान अन्र्तगत आज कालिकोटका विभिन्न क्षेत्रमा आयोजित पार्टीका सभालाई संवोधन गर्दै वरिष्ठ नेता पौडेलले वामपन्थी शक्तिहरु मिलेका कारण भन्दा पनि काँग्रेस सरकारमा हुँदा लोकप्रिय काम गर्न नसक्दा पार्टीले हार व्योहोर्नुपरेको उल्लेख गरे ।
नेतृत्वलाई एकपक्षीय र एकलौटी ढंगबाट हिड्न दिन हुँदैन भन्दै वरिष्ठ नेता पौडेलले गल्ती कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिए ।
वरिष्ठ नेता पौडेल सोमबार दैलेख र सुर्खेतमा नेपाली काँग्रेस पार्टीद्धारा आयोजित विभिन्न सभालाई संवोधन गर्दै आज कालिकोट पुगेका हुन् ।
यसपछि वरिष्ठ नेता पौडेल जुम्ला र मुगु जाने कार्यक्रम रहेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु