पोखरामा दुई ठाउँमा बम

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ३०, २०७५
Bomb-750×430

पोखरा, ३० वैशाख । नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दमा गरेको बम आक्रमण र आगजनीले जनजीवन प्रभावित भएको छ।

ठाउँठाउँमा बम आक्रमण र आगजनी गरेपछि स्थानियहरुमा त्रसित भएका छन्।  पोखराको दुई ठाउँमा बम फेला परेको छ ।

आइतवार विहान पोखरा लेखनाथ महानगरपालिका २९ सैनिक वस्तीमा समेत नेकपाका कार्यकर्ताहरुले बम राखेका छन्। नेपाली सेनाको डिस्पोजल टोलले बम राखेको खबर पाए लगत्तै डिस्पोज गरेको छ ।

लेखनाथ महानगरपालिका १७ बिरौटा स्थित पोखरा विमानस्थल अगाडि पनि बम फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

पोखरामा प्रदेशस्तरको सुरक्षा समितिको छलफल चलिरहको छ । नजिकै होटल अतिथिमा गृहमन्त्री रामबहादुर थापा बादल, प्रदेश आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, आइजिपी सर्वेन्द्र खनालको उपस्थितिमा प्रदेशका ११ जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका प्रमुखहरु सहभागितामा सुरक्षा गोष्ठी जारी छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा देखाएको ‘आत्मसमर्पण तथा रास्ट्रघाती सम्झौता ‘ गरेको भन्दै नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द आह्वान गरेको थियो। बन्दमा भएका हिंसात्मक घटनाका कारण जनजीवन प्रभावित बनेको छ।

Related News

सम्बन्धित समाचार