The Sunkoshi River as seen from the tourist area of Timal Danda in Kavre district, on Wednesday, August 10, 2016. Photo: RSS
खोटाङ, २४ वैशाख ः एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ ।
स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको १० वर्षीय छोरा समिन र धु्रव माझीको ११ वर्षीया छोरी अनिता माझी नदीमा बेपत्ता भएका हुन् ।
शनिबार दिउँसोदेखि सुनकोशी नदीमा डुबेर बेपत्ता भएका उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । गर्मी भएपछि उनीहरु पौडी खेल्न नदीमा गएका थिए ।
विद्यालय जाने बालबालिका शनिबार बिदाको दिन बाख्रा चराउन गएका र नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीको भनाइ छ ।
मध्याह्न १२ बजेको समयमा नदीमा पौडी खेल्दै गर्दा एक बालक नदीमा डुबेपछि बचाउन खोज्दा अर्को बालक पनि डुबेको र दोस्रो बालकलाई बचाउन खोज्दा तीनैजना बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।
Related News
सम्बन्धित समाचार
कतै वर्षा, कतै हिमपात
स्ववियु निर्वाचन केन्द्रीत बन्दै विद्यार्थी संगठन,निर्वाचन समिति गठन
अभिनेता शाह रिहा
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
आज शिवरात्री पर्व