पोखरा, २४ वैशाख । नेपाल स्थित कतारका राजदुत युसुफ बिन महमद अल–हेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
कास्की माछापुच्छ«े गाँउपालिका ६ भिडाबारी स्थित बराह माविद्वारा सोमबार आयोजित सम्मान कार्यक्रममा राजदुत युसुफले नेपाली नागरिकले कतारलाई पुर्याएको योगदान कहिल्यै पनि बिर्सन नसकिने बताए ।
उनले नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतार बिचको सम्बन्ध प्रगाढ रहेको बताउँदै नेपालको विकासमा कतार सधै तयार रहेको उल्लेख गरे ।
उनले कतारमा रोजगारीमा रहेका ५ लाख नेपाली नागरिकले वार्षिक २ खर्ब डलर रेमिट्यान्स नेपाल भित्र्याउने गरेको प्रशंग उल्लेख गर्दै नेपालसँग सहमति भए अनुुसार नेपाल र कतारले वाणिज्य क्षेत्रमा समेत संयुक्त रुपमा काम गर्ने बताए ।
राजदुत युसुफले अभिभावकहरुलाई आफ्ना बालबालिका विद्यालय पठाउन आग्रह गर्दै कुनै पनि देशका नागरिकका लागि शिक्षा अपरिहार्य रहेको बताए ।
उनले शिक्षा बाटै सबै विकास सम्भव हुने धारणा राख्दै नेपालको आधुनिक शिक्षाको विकासका लागि कतारी च्यारिटी मार्फत प्रत्येक वर्ष १० हजार डलरको सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा राजदुतका ससुरा अलि मिहान द्रादीले आफु यो विद्यालयमा सम्म आइपुग्दा निकै खुसी लागेको बताउदै आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा सांसद अकबल अहमद शाह, माछापुच्छ«े गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, विद्यालयका प्रधानाध्यापक नर बहादुर गुरुङ, विद्यालय सम्म कतारका राजदुतलाई ल्याउन सेतुको काम गर्ने लमजुङ सिप विकास प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद भुसाल, शिक्षिका विष्णु माया पोखरेल लगाएतले बोलेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गौतमले कतारका राजदुत युसुफ लगाएतलाई सम्मान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै