पोखरा, २३ वैशाख । शिव सुवेदीको अलराउण्डर प्रदर्शन गरेपछि पोखरा एकेडेमीलाई सांग्रिला क्रिकेट क्लबले १२६ रनले पराजित गरेको छ । ओम डेभलपमेन्ट बैंक के.सि.एलको दोस्रो दिन सांग्रिलाले दुई अंक जोड्ने क्रममा पोखरा क्रिकेट एकेडेमीलाई सस्तैमा प्याकअप गराउन शिव सुवेदीले पाँच विकेट लिए । उनले पाँच ओभर बलिङ गर्दै केवल १६ रन मात्रै खर्चिए ।
पिच पानीले भिजेपछि ढिलो गरी ओभर घटाईएको खेलमा सांग्रिला क्रिकेट क्लबले टस हार्दै फष्ट इनिङ व्याटिङ गर्दै १९८ रनको योगफल तयार पार्यो । २५ ओभरमा केवल ४ विकेट गुमाउँदै उत्कृष्ठ शुरुवात भने सुदिप पौडेलले गरे । अर्धशतक पुरा गर्दै ठोस इनिङ खेल्दै सांग्रिलालाई स्पष्ट जित दिलाउन महत्वपूर्ण भूमिका खेले । उनले ५१ बल खेल्दै ६ चौका र ५ छक्काको सहयोगमा ७८ रन बनाए । शिव सुवेदीले पनि २१ बल खेल्दै ३ चौका र एक छक्का हान्दै ३० रनको योगदान गरे । सांग्रिलाको इनिङमा राजु खनालले पनि ४४ बलको सामना गर्दै ३७ रन बनाए ।
प्रेम गुरुङले ५ ओभरमा एक मेडन राख्दै ११ रन दिए । तर उनको नाममा केवल एक विकेट मात्रै लेखियो । अनिष खड्काले पनि ५ ओभर बलिङ गरेर ३८ रन खर्चिदैं २ विकेट लिए । अन्जनको नाममा एक विकेट रह्यो ।
१९९ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमी भने ७२ रनमै अलआउट हुन पुग्यो । पुराना भरपर्दा खेलाडी शिव सुवेदीले एकेडेमीलाई सस्तैमा प्याक गर्ने क्रममा ५ ओभरमा १६ रन दिदैं महत्वपूर्ण पाँच विकेट खसाले । उनी पोखरा राईनोज म्यान अफ दि म्याचबाट पुरस्कृत भए । सांग्रिलाका सुदिप पौडेलले पनि पाँच ओभरमा ९ रन दिदैं ३ विकेट लिए ।
एकेडेमीको इनिङमा दुई खेलाडीको व्याटबाट मात्रै दोहोरो अंकको रन निस्कियो । विकास अधिकारीले १७ र इशान्त श्रेष्ठले १५ रन बनाए । अन्य व्याट्म्यान भने सस्तैमा पेभिलियन फर्किए । सोमबार खेल भने हुने छैन् ।
Related News
सम्बन्धित समाचार
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
तेस्रो माछापुच्छे गाँउपालिका अध्यक्ष कप फागुन दोस्रो साता देखि
टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने, इसेवाबाट टिकट काट्न सकिने
टाइगर कप भलिबलः आयोजक टोलीबाट खेल्न ३ विदेशी खेलाडी पोखरा आइपुगे
पाँचौ टाइगर कप भलिबलसँग जोडियो एनसेल