पोखरा, २० वैशाख ः नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा संचालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजीआरपी) अन्तर्गत कास्की जिल्लाका सामुदायिक विद्यालयहरुमा निशुल्क पुस्तक वितरण कार्यक्रम बिहीबारबाट सुरु भएको छ ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्था (युएसएआईडी) को आर्थिक तथा प्राविधिक सहयोगमा यो कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रम अन्तर्गत पोखराको अमरसिंह नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पुस्तक वितरण गरी कार्यक्रम आरम्भ गरिएको शिक्षा विकास समन्वय इकाईका उपसचिव दीपेन्द्र ढकालले जानकारी दिए ।
कक्षा १, २ र ३ का विद्यार्थीका लागि तयार पारिएका यी पुस्तकहरुले पाठ्यक्रममा आधारित पुस्तकहरुकै सिकाईलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सहयोग पुग्ने उनले सुनाए ।
उपसचिव ढकाल, इजीआरपीका कास्की जिल्ला संयोजक कृष्ण खतिवडा, विद्यालयका प्रधानाध्यापक तेजस्वी बराल लगायतले विद्यार्थीरुहरुलाई पुस्तक वितरण गरेका थिए ।
पहिलो दिन बिहीबार कास्कीका विभिन्न १३ विद्यालयमा पुस्तक वितरण गरिएको थियो । कास्की जिल्लामा मात्र कूल तीन सय ८६ सामुदायिक विद्यालयमा पुस्तक वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा
पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु