पोखरा, १९ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमाले र माओवादीबीचको गठबन्धन कम्युनिष्ट नामको अवसरवादी गठबन्धन भएको बताएका छन् ।
नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले र माओवादीसँग कम्युनिष्ट चरित्र नै नभएको उल्लेख गरे ।
पूर्वमन्त्री समेत रहेका नेता थापाले अधिनायकवादी सोच बेलैमा नत्यागे ओली सरकारका लागि प्रत्युतपादक हुने बताए ।
एमाले र माओवादी पार्टीवीच पदको भागबण्डा नमिल्दा एकता हुन नसकेको बताउँदै पदको बाँडफाड नमिलेर पार्टी एकता गर्न नसक्ने अनि विदेशी चलखेल भयो भनेर रडाको मच्चाउनु लाजमर्दो भएको टिप्पणी गरे ।
उनले काँग्रेस एमाले जस्तो अराजक भएर प्रतिपक्षको भुमिका नखेल्ने बताउँदै जिम्मेबार प्रतिपक्ष बन्ने बताए ।
Related News
सम्बन्धित समाचार
कम्प्युटर र नेतृत्व विकास तालिम
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण
नमूना टोलमा सडक बत्ति
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग