पोखरा १३ बैशाख । ईन्टरनेशनल फेशन डिजाईनिङ कलेजको आयोजनामा हुने फेशन डिजाईनर प्रतियोगिताको फाईनल पोखराको होटल ग्राण्डमा बैशाख १४ गते हुने भएको छ ।
क्राईलोन प्रोफेशनल मेकअपको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा बुटलल, चितवन, काठमाडौं, पोखरा लगायत अन्य ठाउँहरुबाट ९० भन्दा बढि प्रतियोगिहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक नवीन पाख्रिनले बताए ।
उनका अनुसार सहभागिहरुले बनाएका कन्ट्री स्टार, समुद्री जीवजन्तुको आकार समाबेश गरेर बनाएको डे«स, नयाँ पिढींले लगाउने अनुमानित डे«स तथा खाद्य पदार्थहरुको प्रयोगबाट बनाईएको डे«स डिजाईनको आधारमा बरिष्ठ फेशन डिजाईनर युवि थापा, अजिता भण्डारी र अमित बरालले बिजेता तथा उपबिजेता लगायत टप टेन छान्ने छन् ।
बिजेता, उपबिजेता तथा टप टेनमा पर्न सफल प्रतियोगिहरुले ट्रफि, नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पाख्रिनले बताए ।
डिजाईनरहरुलाई र उनीहरुको कलालाई बाहिर ल्याउन यस प्रतियोगिताले थप मद्दत पु¥याउने छ पाख्रिनले भने – ‘अन्तर निहित डे«स डिजाईनिङको कलालाई प्रस्फुटन गराउदै डिजाईनरहरुलाई थप उत्प्रेरणा दिने समेत आयोजकको अपेक्षा रहेको छ।’
Related News
सम्बन्धित समाचार
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
विजयको दायाँ पनि छौ बायाँ पनि छौ गीत सार्वजनिक
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
पोखरामा ‘हल्कारा’को हाउसफूल
संचारकर्मी हुँदै सुदीप निर्माता
Archives
Archives