पोखरा, ५ बैशाख । वैशाख शुक्ल तृतीयाका दिन आज अक्षय तृतीया पर्व मनाइँदैछ।
जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली आज सर्वत बनाएर खाने चलन छ।
आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ। वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो।
यस पर्वको अवसरमा विश्व हिन्दु महासंघ कास्कीले अहिले पोखराको चिप्लेढुङ्गामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महासंघले पोखराका विभिन्न सार्वजनीक स्थानहरुमा जौको सातु र सर्वत विरतण गर्दैछ ।
आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।
मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ। यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ। शिव र पार्वतीकाबीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
सकियो २० औँ लेखनाथ महोत्सव
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति
सफलता उन्मुख लेखनाथ महोत्सव
एन प्याव्सन कास्कीको २६ औं स्थापना दिवस (सम्मानित शिक्षक कर्मचारीहरुको नामवली सहित)
Archives
Archives