पोखरा, ४ वैशाख। स्याड्डजा वालिड्ड युनाईटेडले हेमजामा जारी शुभकामना कप २०७५ मा सहज जीत निकाली अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ।
मंगलवार भएको प्रतियोगितामा संगम एफसीलाई ४–० को गोल अन्तरले पराजित गर्दै स्याड्डजा वालिड्ड युनाईटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलमा स्याड्डजा वालिड्ड युनाईटेडका जर्सी नंं ११ का विश्वास श्रेष्ठले ह्याट्रिक गरे। उनले खेलको ३५, ४१ र ४८ मिनेटमा गोल गरी दोस्रो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा रहे। त्यसैगरी जर्सी नं. ४ का टीकराज गुरुङले खेलको ६५ मिनेटमा थप एक गोल गरे।
खेलमा विश्वास श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। यसअघि शुभकामना कपमा सहारा क्लबका गंगा गुरुङले पहिलो ह्याट्रिक गरेका थिए।
एल जी एशोसिएसन र नव आदर्श सामुदायिक विकास केन्द्रबीचको दोस्रो खेल वर्षाका कारण रोकिएको आयोजकले जनाएको छ। ‘लगातार वर्षा भएकाले दोस्रो खेल खेलाउन सकिएन’–अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले भने–‘आजको यो खेल बुधवार बिहान साढे आठ बजे खेलाइने छ।’
बुधबार देखि क्वाटरफाइनलका खेल हुने हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।
क्वाटरफाइनलको पहिले खेल आयोजक हेमजा–११ ‘ए’ र इन्द्रेणी एकिकृत विकास केन्द्र तथा दोस्रो खेल एबिसी र सहारा क्लबबीच हुने छ।
Related News
सम्बन्धित समाचार
पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल खेल सकियो
युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रा तर्फ अमरसिंह र छात्र तर्फ बाराही प्रथम
पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व
भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन
Archives
Archives