पोखरा, १ बैशाख। हेमजा युनाईटेड पोखरा लेखनाथ– २५ हेमजाले आयोजना गरेको शुभकामना कप–२०७५ मा आयोजक टिम हेमजा–११ ‘ए’ ले विजय शुरुवात गरेको छ।
शनिवार भएको उद्घाटन खेलमा हेमजा–११ ‘ए’ ले डेविजफल युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित ग¥यो ।
प्रतियोगितामा हेमजा–११ ‘ए’ को तर्फबाट म्यान अफ दि म्याच जर्सी नं. १७ का टेक गुरुङले एक गोल र जर्सी नं. ९ का समिर कार्कीले दुई गोल गरे ।
आइतबार तीन खेल हुने हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए। पहिलो खेल लेकसाइड फुटबल क्लब र एबीसी क्लबबीच हुने छ। दोस्रो खेल शितलज्योति युवा क्लब र ईन्द्रेणी एकिकृत विकास केन्द्रबीच हुने छ भने अन्तिम खेल बाग्लुड्ड फुटबल संघ र साहारा क्लबबीच हुने छ।
यसअघि प्रतियोगिता उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले यहाँको खेल मैदानलाई स्तरोन्नती गर्नका लागि मन्त्रालयको ध्यान केन्द्रीत भएको बताए ।
‘यहि खेल मैदानबाट खेल शुरु गरेका खेलाडी राष्ट्रिय खेलाडी बनेका छन्’–उनले भने–‘दुई तिन दिन भित्रमा मन्त्रालयमा डकुमेन्ट पठाउनुहोस् मन्त्रालयले यो खेल मैदानलाई चाडै नै स्तरोन्नती गर्ने छं।’
कार्यक्रममा पोखरा लेखनाथ–२५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिना, पूर्वगाविस अध्यक्ष रामचन्द्र त्रिपाठी, बरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा, गौरी शंकर माविका प्रधानाध्यापक अम्मरबहादुर कुँवर, शिक्षासेवी माधवशरण पौडेल, एन्फा कास्कीका महासचिव रमेश कार्की, वडा नागरिक मञ्च हेमजाकी अध्यक्ष रमा त्रिपाठीेले बोलेका थिए। कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो।
हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार डबलबहादुर कुँवरले स्वागत र सचिव शंकरमणि त्रिपाठी ‘छन्दमणिले कार्यक्रम सञ्चालन गरेका थिए। प्रतियोगिता ८ गते सम्म चल्ने छ।
Related News
सम्बन्धित समाचार
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ मा
टाइगर कप भलिबल ः कसले जित्ला उपाधी ?
टाइगर कप भलिबल ः विभागिय टोलीहरुको बर्चश्व
शिक्षकलाई खेलकुदको तालिम दिन क्लबसँग गण्डकी विश्वविद्यालयको सम्झौता