पोखरा, ३० चैत : पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा लेकसाइडमा जारी १५ औं फेवा नव वर्ष महोत्सव अन्तर्गत शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगितामा नेदरल्याण्डका विल प्रथम भएका छन् ।
कूल ८० जना सहभागी प्रतियोगितामा सोही देशका जोर्न भ्यान द्वितीय र बेलायतका टम वुड्स तृतीय भए ।
महिला तर्फको छुट्टै मुल्यांकनमा वेलायतकी फिलिपा प्रथम, सोही देशकी जेनेला द्वितीय र फ्रान्सकी एमिलि तृतीय भएका छन् । पोखराको हल्लनचोक नजिक सिप प्लाजा होटल अगाडि बाट सुरु भएको दौडका सहभागी तीन किलोमिटर दक्षिणको फिस्टेल गेटसम्म दौडिएका थिए ।
महोत्सवस्थल कोमागाने पार्कमा आयोजित समारोहमा विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, आयोजक संघका अध्यक्ष विकल तुलाचन, निवर्तमान अध्यक्ष भरतराज पराजुली, महासचिव गणेशराज पहारी, संघका सल्लाहकार गोविन्दराज पहारी र बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बराल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
रन फर फन नाम दिइएको प्रतियोगितामा प्रथम हुनेका लागि पोखरा काठमाडौं उडान टिकट, मायाको चिनो र विजी बी क्याफेमा ककटेल डिनर पुरस्कारस्वरुप प्रदान गरियो ।
यसैगरी दोश्रो हुनेका लागि आधा घण्टाको प्याराग्लाइडिङ, मायाको चिनो र सोही क्याफेमा ककटेल डिनर प्रदान गरियो ।
तेश्रो हुनेले पोखराबाट काठमाडौं सम्म ग्रिनलाइन टुुर्सबाट डिलक्स बस टिकट, मायाको चिनो र सोही क्याफेमा ककटेल डिनर प्राप्त गरेका छन् ।
बुद्ध एयर, यति एयर, पोखरा प्याराग्लाइडिङ र ग्रिनलाइट टुर्सले पुरस्कार प्रायोजन गरेका थिए । यति ब्रुअरीको अर्ना वियर मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल खेल सकियो
युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रा तर्फ अमरसिंह र छात्र तर्फ बाराही प्रथम
पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व
भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन
Archives
Archives