काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको बताएका छन्
नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । अव पार्टीलाई सुधार्दै अघि बढ्नुपर्छ उनले भने – ‘पार्टीलाई सुधार्न सके आगामी चुनावमा नेतृत्वमा आउनबाट कसैले रोक्न सक्दैनन् ।’
उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रेस नेतृत्व गरेकाले तीन तहको चुनाव सम्भव भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले आठवटा संस्थाबाट शुरु गरेको युनियनमा अहिले ४५ संस्था संलग्न रहेको जानकारी दिए ।
महाधिवेशनमा संस्थाका अध्यक्ष गणेशबहादुर केसीले सत्ताधारी दलले ट्रेड युनियनलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाउदै त्यस्तो नियन्त्रण स्वीकार्य नहुने उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
सकियो २० औँ लेखनाथ महोत्सव
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति
सफलता उन्मुख लेखनाथ महोत्सव
एन प्याव्सन कास्कीको २६ औं स्थापना दिवस (सम्मानित शिक्षक कर्मचारीहरुको नामवली सहित)
Archives
Archives