पोखरा, १६ चैत । नेपाल यातायात मजदुर संघको छैटो राष्ट्रिय महाधिवेशन पोखरामा शुक्रबारदेखि शुरु भएको छ ।
देशभरका चार सय प्रतिनिधि सहभागि महाधिवेशनले शनिवार नयाँ नेतृत्व चयन गर्ने छ ।
महाधिवेशन उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए ।
सरकारका गतिविधि अधिनायकवादतर्फ केन्द्रीत छन् उनले भने – ‘अधिनायकवादले मुलुकको हित गर्दैन।’
पूर्वमहामन्त्री समेत रहेका नेता सिटौलाले शशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्नका लागि काँग्रेसलाई सुधार गर्नुपर्ने आवश्यकता औल्याए ।
अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेतृत्वले सुझबुझका साथ काम गर्न नसक्दा पार्टी पछाडी परेको बताए ।
उनले निर्वाचनमा पार्टी नभई व्यक्ति पराजित भएको भन्ने पार्टी नेतृत्वको भनाइप्रति आपत्ति जनाए ।
त्यसअवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापा, ललितकला गुरुङ, निवर्तमान सांसद शारदा पौडेल, नेपाल ट्रेड युनियन काँग्रेसका नेता पुष्कर आचार्य, बरिष्ठ उपाध्यक्ष रामजी कुँवर, उपाध्यक्ष गणेश निरौला, महासचिव महेन्द्रप्रसाद यादव, नेपाल यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, आईटिइ एशियाका सचिव संगम त्रिपाठी, अल इण्डिया रेल्वे मेन्स युनियनका महासचिव शिवगोपाल मिश्र, नेपाल प्रजातन्त्रवादी यातायात व्यवसायी संघका महासचिव केदार पौडेल र प्रदेश नम्बर ४ का अध्यक्ष मुरारी शर्माले बोलेका थिए ।
नेपाल यातायात मजदुर संघका अध्यक्ष अजयकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ४ का अध्यक्ष किरणबाबु पन्तले स्वागत र महासचिव धर्म राजभण्डारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु