आज देशभर ट्रेड युनियन काँग्रेसको अधिवेशन

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १४, २०७४
ntuc flag

पोखरा, १४ चैत । ‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मूल नाराका साथ नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन देशभर बुधबार हुदैछ ।

युनियन कास्कीको पोखरामा हुने अधिवेशनको तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नयाँ नेतृत्व चयनका लागि कास्कीमा दुई सय ६२ जना प्रतिनिधिले सहभागिता जनाउने छन्।

अधिवेशन नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उद्घाटन गर्ने छन्। ट्रेड युनियन काँग्रेस नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरले श्रम शक्तिलाई पार्टी र राज्यले सम्मान गर्न जान्नुपर्ने बताए ।

उनले ट्रेड युनियन काँग्रेसले मजदुरको पक्षमा बनेको ऐेन÷कानुन कार्यन्वयनका लागि सम्वन्धीत पक्षलाई दबाब दिइरहेको उल्लेख गरे ।

नेपाल ट्रेड युनियन कास्कीकी अध्यक्ष कुलदेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष घनश्याम रेग्मीले स्वागत र सचिव केशव भट्टराईले संचालन गरेका थिए ।

त्यसैगरी, चैत ३० गते सात वटै प्रदेशमा ट्रेड युनियन काँग्रेसको अधिवेशन हुदैछ भने बैशाख १८, १९ र २० गते काठमाण्डौमा राष्ट्रिय महाधिवेशन हुनेछ।

Related News

सम्बन्धित समाचार

  • रोकामगरलाई आर्थिक सहयोग

    राष्ट्र न्यूज सम्वाददाता जेठ ९, २०८०
    पोखरा, ९ जेठ । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहनु भएकी तमकुमारी रोकामगरलाई पोखरा आध्यात्मिक तथा सिप…
  • पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ३१, २०८०
    पोखरा, ३१ वैशाख । स्वाबलम्वन जीवन पद्वती केन्द्र पोखराको आयोजनामा पहुचयुक्त संरचना र संचार सम्वन्धी अभिमुखीकरण र पहुचयुक्त परीक्षण कार्यक्रम…
  • उपनिर्वाचनको दिन यी सडक बन्द हुने

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ९, २०८०
    पोखरा, ९ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न स्थानका सडक बन्द गरिने भएको छ । आज…
  • युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ८, २०८०
    पोखरा, ८ वैशाख । पोखराको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै…
  • पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ५, २०८०
    –वासुदेव पौडेल पटना(भारत), ४ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका…