पोखरा, १४ चैत । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं ८ ल्वाङ्गस्थित ग्रिन हिल क्लबले २७ औं चैते दशैं ऐतिहासिक मेला – २०७४ गर्ने भएको छ ।
मेला शहिद हरिप्रसाद स्मृति खेल मैदानमा चैत्र १७ देखि २१ गतेसम हुनेछ। क्लबले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन, चैते दशैंको प्रचार , युवा शशक्तिकरण, होमस्टेको विकास, गाउँको आर्थिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने उदेश्यले मेला आयोजना गर्न लागिएको हो ।
मेलाको आकर्षणमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, खुल्ला अन्तर क्लब स्तरीय महिला भलिबल, छेलो, घैटो फुटाई, मकैं गन्ने, बेलुन फुटाइ र मेच घुमाई जस्ता प्रतियोगिता रहने छन् ।
पुरुष भलिबलतर्फ बिजेतालाई ५५ हजार पाँच सय ५५, उपबिजेतालाई ३५ हजार पाँच सय ५५ र महिला भलिबलतर्फ बिजेतालाई २१ हजार एक सय ११, उपबिजेतालाई १५ हजार एक सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने छ ।
मेला सम्पन्न गर्न ८ लाख खर्च लाग्ने र २० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको मेला संयोजक भरत गुरुङले जानकारी दिए ।
उत्साहका साथ मेलाको तयारीमा जुटेका छौं संयोजक गुरुङले भने – ‘सवैबाट सहयोगको अपेक्षा गरेका छौं।’ मेलाकै अवसरमा ल्वाङ गाउँको बारेमा तयारी गरिएको म्युजिक भिडियो समेत सार्वजनीक गरिने छ।
ग्रिन हिल क्लबका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सदस्य सम्राट गुरुङले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग
‘कास्कीलाई विकासमा नमुना बनाऔ’
शिक्षाको गुणस्तर बढाउन वडामा अन्तरक्रिया
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन