पोखरा १२ चैत । खेलौनाको निहुमा एक अवोध वालिकाले ज्यान गुमाएको घटनाप्रती चार नं प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरीवहादुर चुमानले गंभिर चासो देखाएका छन् ।
घटनाको जानकारी पाउनासाथ मन्त्री चुमानले सोमवार प्रदेश प्रहरी प्रमुख कमल सिंह वमलाई घटनाको गंभिरतापुर्वक अनुसन्धान गर्न निर्देशन दिए ।
विहानको विद्यालय जाने समय र वेलुका साँझको समयमा यस्ता गंभिर प्रकृतीका घटना वढी घट्ने गरेको पाईएको भन्दै मन्त्री चुमानले उक्त समयमा चनाखो पुर्वक प्रहरी परिचालन गर्न प्रदेस प्रहरी प्रमुख वमलाई निर्देशन दिएका हुन् ।
‘एकतर्फी रुपमा भएको उक्त घट्ना अत्यन्त दुखद छ , शान्ती सुरक्षालाई थप सुदृढ वनाउन चनाखो पुर्वक सवै ठाउमा प्रहरी परिचालन गर्नुहोस’ प्रदेश प्रहरी प्रमुख वमसँगको कुराकानीमा मन्त्री चुमानले भने । उनले सुरक्षा व्यवस्थालाई थप सुदृढ वनाउनका लागी तदारुकताका साथ लाग्न सुरक्षा निकायलाई आग्रह गरे ।
पोखरा–लेखनाथ महानगरपालिका वडा नं ९, नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका एक किशोरले पाल्पा घर भै पोखरा–लेखनाथ महानगरपालिका–९, निवासी बिना थापाकी ५ वर्षीया छोरी बिहानी थापाको आईतवार हत्या गरेका थिए ।
प्रहरीका सामू हत्या अभियोग स्वीकार गरेका अभियुक्त पुनले रिमोटबाट चल्ने खेलौना खेल्ने क्रममा खोसाखोस हुँदा खेलौना आफ्नो हातमा पार्न बालिका विहानीलाई ढुंगाले टाउकोमा प्रहार गरेका थिए ।
ढुंगाले हानेपछि विहानीको टाउकोबाट रगत आयो र रुनरकराउन थालिन्, त्यहीँ बेला किशोरले विहानीको आमाले थाहा पाए आफूलाई पिट्ने सोचेर नजिकैको खाली बोराले घाँटी कसेर हत्या गरेको अभियुक्त पुनले प्रहरी समक्ष वयान दिएका छन् ।
साँझ सात वजे हराएकी विहानीको वेलुका १० वजे शव भेटिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
सकियो २० औँ लेखनाथ महोत्सव
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति
सफलता उन्मुख लेखनाथ महोत्सव
एन प्याव्सन कास्कीको २६ औं स्थापना दिवस (सम्मानित शिक्षक कर्मचारीहरुको नामवली सहित)
Archives
Archives