पोखरा, १२ चैत ।नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन देशभर चैत १४ मा हुने भएको छ ।
नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संस्था मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन काँग्रेसले जिल्लामा आवद्ध प्रतिष्ठानको सहभागितामा अधिवेशनको तयारी गरेको हो ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले चैत १४ गते बुधबार होटल दीप सागर सिटी पाटी प्यालेस न्युरोडमा छैटौं जिल्ला अधिवेशनको तयारी गरेको हो ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा हुने अधिवेशनमा कास्की जिल्लामा रहेको ६ हजार १ सय ५९ जना सदस्यले नेता चुन्ने छन् । सदस्य संख्याको आधारमा २ सय ६२ जना प्रतिनिधि चयन भएको नेपाल ट्रेड युनियन काँग्रेस कास्की जिल्ला अध्यक्ष कुलदेवी बरालले जानकारी दिइन् ।
‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने नारा दिँदै छैटौं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अधिवेशन तयारी समितिका संयोजक एवं नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका उपाध्यक्ष घनश्याम रेग्मीले जानकारी दिए ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सचिव केशव भट्टराईका अनुसार, कास्कीमाा विभिन्न १६ प्रतिष्ठान आवद्ध रहेको छ । आइतबार बसेको मजदुर भेलाले अधिवेशन भव्य बनाउन कसरत गरिरहेको छ ।
नेपाल ट्रेड युनियन काँगेसले नेपाली श्रमिकले न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र, स्वास्थ्य बिमा, सञ्चयकोष सुविधा, कपडा भत्ता जस्ता आधारभूत सेवा समेत नपाएको अवस्थामा सरकारले त्यस तर्फ ध्यान नदिएको बताउँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते देखि हुने सोँथर बेँसी टारी बजार मेलाको तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता
विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ – सभापति देउवा
विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रको विकल्प छैन– महानिरीक्षक कुँवर
प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान