पोखरा, ९ चैत । विप्लव नेतृत्वको नेकपा निकट जिल्ला जनपरिषद् कास्कीले विभिन्न आठ बुँदे माग अघि सारेको छ ।
समाजमा बढ्दै गइरहेको विकृति, विसंगति, भ्रष्टाचार, ठगी नियन्त्रणका लागि राज्यको ध्यानाकर्षण गराउदै परिषद्ले ती माग अघि सारेको जनाएको छ ।
जिल्ला जनपरिषद् कास्कीका प्रमुख रामकाजी गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा माध्यामिक शिक्षा पूर्णत निशुल्क गर्न, सार्वजनीक जमिन संरक्षण गर्न, प्राकृतिक स्रोत साधनमाथि जनताको अधिकार कुण्ठितगर्दै गरिएको ठेक्कापट्टा रद्व गर्न, विकास निर्माणका काममा ठेकेदारीमार्फत रहेका गुणस्तरहिन कम्पनीलाई कारवाही गर्न माग गरिएको छ ।
साथै विज्ञप्तिमा ज्याला, मजदुरमाथिको शोषण रोक्न, साना व्यापारी र जनता ठग्ने कार्य बन्द गर्न, बैदेशिक रोजगारीमा ठगि गर्ने मेनपावरलाई कारवाही गरी पीडितलाई न्याय दिन र बैंक तथा वित्तिय संस्थाको ब्याजदर घटाउन माग गरिएको छ।
विज्ञप्तिमा परिषद्ले सामाजिक विकृति विसंगति बिरुद्व संघर्षको अभियान अघि बढाउने स्पष्टपार्दै मागहरुलाई सम्बोधन गर्न गम्भिर बन्न आग्रह गरिएको छ।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
Archives
Archives