स्याङ्जा- स्याङ्जाको गल्याङ्ग न पा १ मालुङ्गा वडा कार्यालय शुक्रवार स्थानीय महिलाहरूले घेराउ गरेका छन् ।
स्थानीय स्वास्थ्य महिला स्वयंसेवीका नियुक्ति गर्ने विषयमा वडाध्यक्ष गणेश बस्यालले राजनैतिक आस्थाको आधारमा पक्ष लिएर धाँधली गरी प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गामा कार्यरत अनमी विष्णु माया बस्याललाई अभद्र शब्दहरू प्रयोग गरी गाली गलौच गरी जेल हाल्ने सम्मको धम्की दिएको स्थानीयको गुनासो रहेको छ।
साबिक मालुङ्गा ९ धाङलिङ्गमा विगत ४/५ महिना देखि रिक्त रहेको स्वयंसेवीका पदमा स्थानीय आमा समूहको निर्णयबाट शान्ता भण्डारीलाई नियुक्त गरेका छन् भने स्थानीय विष्णु खनाल (मथुरा)लाई नै वडाध्यक्षले नियुक्ति दिन खोजे पछि यो अवस्था सिर्जना भएको हो।
आमासमुहको गत फाल्गुन ७ गतेको निर्णयबाट न्युक्ति भएकी शान्ताले काम गर्न थाली सकेको अवस्थामा वडाध्यक्ष र विष्णु खनालले किर्ते सही गरी फाल्गुन २२ गतेको माइनट लेखि धाँधली गरेको स्थानीयहरू बताउँछन् ।
जनताले जनअपेक्षा अनुसार काम होला भन्ने सोचि रहेको अवस्थामा आफ्नो मतको कुठाराघात गरेको र विश्वास हटेको स्थानीय महिलाहरूको आरोप छ।वडाध्यक्ष गणेश बस्याल नेकपा एमालेबाट विजयी वडाध्यक्ष हुन भने यस विषयमा प्राथमिक स्वास्थ्य केन्द्र प्रशासन भने मौन रहेको छ।
साभार ः हिमालपोष्ट डटकम
Related News
सम्बन्धित समाचार
बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए