काठमाडौँ –नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने गरी मिति तोकेको छ ।
नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियान अन्तर्गत भेला गर्न लागेको हो ।
जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति, केन्द्रीय पार्षदको सहभागिता हुने तरुण दलले जनाएको छ ।
मुुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा तरुणहरुलाई प्रशिक्षित गरी तरुणलाई शशक्त ढंगबाट अघि बढाउन भेलाको तयारी गरिएको तरुण दलले जनाएको छ।
प्रदेश–१ मा चैत २५ र २६ गते झापामा, प्रदेश–२ चैत २८ र २९ गते पर्सा, प्रदेश–३ वैशाख ३ र ४ गते हेटौँडा, प्रदेश–४ वैशाख ६ र ७ गते पर्वत, प्रदेश–५ वैशाख ९ र १० गते रुपन्देही, प्रदेश– ६ वैशाख १२ र १३ गते सुर्खेत र प्रदेश– ७ को वैशाख १५ र १६ गते डडेल्धुरामा हुने छ ।
Related News
सम्बन्धित समाचार
कतै वर्षा, कतै हिमपात
स्ववियु निर्वाचन केन्द्रीत बन्दै विद्यार्थी संगठन,निर्वाचन समिति गठन
अभिनेता शाह रिहा
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
आज शिवरात्री पर्व