काठमाण्डौं, ३ पुस । देशका विभिन्न स्थानहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाही गर्ने क्रम जारी छ ।
प्रहरीले विहानदेखि मध्यरातसम्म नै शहरका मुख्य स्थानमा चेकिङ गरिरहेको छ ।
यसैक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको जनाएको छ ।
महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म त्यति संख्यामा चालकलाई कारबाही गरेको हो ।
जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो आठ हजार ३४१, चौंथो दुई हजार ९२६ र पाँचांैपटक एक हजार ४९ चालक कारबाहीमा परेका छन् । ३८३ चालक निलम्बनमा परेका छन् । एउटै चालक छैँटो पटक पनि मापसेमा परे उसको सवारी अनुमतिपत्र (लाइसेन्स) निलम्बन हुने व्यवस्था छ ।
महाशाखाले मापसे सेवन गरी सवारी चलाउनेलाई रु एक हजार जरिवाना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरेको छ ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मापसे गरी सवारी चलाउदा दुर्घटनाका संख्या वृद्धि हुँदै गएकाले महाशाखाले मापसेमा कडाइ गरेको बताए । ‘उपत्यकाका साँघुरा सडक मापसे गरी सवारी चलाउँदा धेरै दुर्घटना भएको छ,’– उनले भने।
Related News
सम्बन्धित समाचार
कम्प्युटर र नेतृत्व विकास तालिम
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण
नमूना टोलमा सडक बत्ति
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग