पोखरा, ३ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा काँग्रेसको तर्फबाट नेतृ बिन्दा देवी राना उम्मेदवार बनेकी छन्।
राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छु नेतृ रानाले भनिन् – ‘पार्टीको निर्णय अनुसार नै उम्मेदवार बनेकी हुँ।’
निर्वाचन आइतबार दिउँसो १ बजेबाट शुरु हुनेछ। आले प्रदेश नम्बर ४ को महिला कोटाबाट राष्ट्रियसभामा निर्वाचित भएकी हुन्। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ निवासी सांसद राना तीन दशकदेखि नेपाली काँग्रेसको राजनीतिमा संलग्न छन्।
पार्टीले उनलाई पहिलो संविधानसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्पm उम्मेदवार बनाएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा उनी समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्।
नेपाल विद्यार्थी संघ हुदै सांसद राना नेपाल तरुण दलको राजनीतिमा लामो समय क्रियाशील थिइन्। नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका खेलेकी राना ०६२÷०६३ सालमा आन्दोलनको क्रममा लामो समय जेल समेत बसेकी थिइन्।
शालीन र भद्र स्वभावकी रानालाई कुशल संगठकका रुपमा चिनिन्छ।
Related News
सम्बन्धित समाचार
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए
अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी