पोखरा, २ चैत । नेपाल अडिटर्स एशोसियशन (अडान) को आयोजनामा अनवरत व्यवसायीक शिक्षा तालिम शुक्रबारदेखि पोखरामा शुरु भएको छ ।
नेपाल चार्टड एकाउन्टेन्स संस्थाका सदस्यहरुका लागि आयोजित सो तालिम आइतबारसम्म चल्ने छ ।
संस्थाका सदस्यहरुको व्यवसायीक क्षमता अभिवृद्वि गर्ने उदेश्यले आयोजित तालिममा एक सय ४५ जना सहभागि छन् ।
तालिमको उद्घाटन गर्दै नेपाल अडिटर्स एशोसियशनका केन्द्रीय उपाध्यक्ष केशबहादुर केसीले लेखापरिक्षण पेशामा विचौलियाहरुको उपस्थिति बढ्दै गएकाले सजक रहनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल अडिटर्स एशोसियशनका केन्द्रीय सदस्य चन्द्रबहादुर सुवेदीले सवै लेखा व्यवसायीहरुले आफ्नो अनुभवलाई आदानप्रदान गर्दै व्यवसायलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याए। त्यसअवसरमा चार्टड एकाउन्टेन महेश गुराँगाइ , बालचन्द्र श्रेष्ठ लगायतले बोलेका थिए।
नेपाल अडिटर्स एशोसियशन कास्कीका अध्यक्ष राजेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्रप्रसाद पौडेलले स्वागत र सचिव कमलबहादुर रेग्मीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु