पोखरा, २ चैत । रोेटरी क्लब अफ पोखरा अन्नपूर्णले दृष्टिविहिनहरुको एकल गायन प्रतियोगिता गर्ने भएको छ ।
क्लबले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो।
रोट्¥याक्ट क्लब अफ अन्नपूर्ण, रोट¥याक्ट क्लब अफ हेमजा र ईनरव्हिल क्लब अफ अन्नपूर्ण सहआयोजक छन्। चैत्र ३ गते शनिवार हुने प्रतियोगितामा २५ जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।
भिन्न क्षमता भएकाको प्रतिभा प्रष्फुटन गराउने र आत्मविश्वास बढाइ समाजमा सम्मानित जीवनयापनका लागि वातावरण निर्माण गर्ने उदेश्यले प्रतियोगिता गरिएको कार्यक्रम संयोजक भानु भण्डारी ‘क्षितिज’ले जानकारी दिए।
प्रतियोगितालाई नेत्रहीन संघ कास्की, क्वालिटी अफ लाईफ नेपाल र वटरफ्लाई फाउण्डेशन नेपालले सहयोग गर्ने छन्।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितिय हुनेलाई १० हजार, तृतियलाई सात हजार र सान्त्वनालाई पाँच हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ।
सन् २००६ सालमा स्थापना भएको सो क्लबले स्थापनाकालदेखि नै समाजमा विभिन्न मानवीय र सामाजिक कार्यहरु गर्दै आइरहेको छ।
कार्यक्रम रोटरी क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष बाबुराम बरालको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
कम्प्युटर र नेतृत्व विकास तालिम
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण
नमूना टोलमा सडक बत्ति
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग