महोत्तरी, २ चैत । महोत्तरी जिल्लाको मध्यउत्तरवत्र्ती भेगमा जंगली बँदेलले आतंक मच्चाएको छ ।
बँदेलको आतंक कृषकहरुका लागि टाउको दुुखाईको विषय बनेको छ । बस्ती÷बस्तीमा जंगली बँदेल पसेर दिनहुँ बालीनाली सखाप पारिरहेको छ ।
पछिल्लो पटक फागुन १५ यता बढेको बँदेल आतंकले १० बिघाभन्दा बढीको बाली नोक्सान गरेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अवधलाल साहले जानकारी दिए ।
सर्वसाधारणले बँदेल आतंकको बारेमा जानकारी गराइरहेका छन् प्रनानि साहले भने – ‘दिउँसो लुकेर आराम गर्ने र मध्यरातपछि मात्र आहाराको खोजीमा निस्कने गरेकाले बँदेल फेला परेका छैनन् ।’
जिल्लाको भंगाहा नगरपालिका–४ को वडा नं ५ को धतियाटोल, भूचक्रपुर, कर्पुरगञ्ज र राजपुरसहितका बस्तीमा जंगली बँदेल पसेर उधुम मच्चाउने गरेको छ ।
पछिल्ला १५ दिनदेखि पाँच÷सातको संख्यामा बस्ती पसेका बँदेलले दाना पस्न थालेका मकैका घोगा बोटमै उछिनेर सखाप पारेका भंगाहा–४ रामनगरका किसान गंगाराम महतोले बताए ।
बँदेलले बालीनाली सखाप पार्नुका साथै बिहानीपख दिसापिसाब गर्न निस्कने महिलालाई समेट लखेट्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् ।
Related News
सम्बन्धित समाचार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
पोखरा २१ मा विवेकशील साझा पार्टी
बढ्यो सुनको मूल्य
कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने
जिम्मेवारीपूर्वक काम नगर्ने चिकित्सकसँग दोस्रो पटक स्पष्टिकरण माग