पोखरा, १ चैत । सवै मानिस सफल हुन चाहन्छन् तर विडम्बना थोरै मानिस मात्र सफल कहलिन्छन्। सफल मानिस बन्नका लागि मानिस सबथोक गर्न तयार छन्। तर पनि सक्दैनन्।
सफल मानिस बन्नका लागि के गर्ने यो विषय सवैका लागि आवश्यक छ । सफल व्यत्ति उत्पादनका लागि पोखरामा नयाँ अभियान शुरु गरिदैछ। जुन अभियानले मानिसलाई सफल बन्नका लागि बाटो देखाउने छ र त्यहि मार्गमा हिड्नका लागि प्रेरित गर्नेछ। यो अभियानले सफल व्यत्ति बन्नका लागि लक्ष्य निर्धारणलाई जोड दिने छ।
पोखरामा मोटिभेसनल स्पिकर रवी किरणले वी क्यान ग्रुपको सहयोगमा लक्ष्य निर्धारण कार्यशाला संचालन गर्दै छन्। पोखरामा चैत ३ गते पोखराको होटल न्युरोड इनमा कार्यशाला संचालन गर्न लागिएको हो। यो कार्यशालामा ५० जनाभन्दा बढि सहभागि हुने अनुमान गरिएको छ।
एक कार्यक्रममा विद्यार्थीलाई मोटिभेसनगर्दै मोटिभेसनल स्पिकर रवी किरण
यो कार्यशाला इ–प्लानेट चिप्लेढुङ्गाको मुख्य प्रायोजन तथा ग्लोबल आईटी एजुकेशन अमरसिंहचोक र एभरेष्ट इन्ष्ट्रिच्युट अफ होटल मेनेजमेण्टको सहप्रायोजनमा हुने छ। कार्यक्रम विहान १० देखि १ बजेसम्म हुनेछ।
धेरै मानिसमा आफ्नो लक्ष्य र संसारले आफुबाट चाहेको कुरामा स्पष्टता नहुने समस्या छ मोटिभेसनल स्पिकर रवी किरणले भने – ‘यो समस्यालाई अवसरमा रुपान्तरणगर्दै लक्ष्य निर्धारणमा सहयोग गर्नेछौं।
उनले व्यत्तिको क्षमता पहिचान गरी लक्ष्य निर्धारणमा सघाउदै सफल नागरिक उत्पादनमा सहयोग गर्नु कार्यशालाको मुख्य उदेश्य भएको बताए। पोखरामा अब शुरु भएको छ उनले भने – ‘पोखरालाई लक्षित गरी यो अभियानलाई निरन्तरता दिने छौं।’
जीवनको मुख्य चक्रमध्य एउटा आफैले चाहेको कुरा प्राप्त गर्ने र अर्काे पाएको कुराबाट खुशी हुन सक्नुपर्छ उनले भने – ‘ तर अहिले धेरै मानिसले आफ्नो जीवनको बहुमुल्य समय दोधाँरमा नै खेरा फालिरहेका छन्, जुन दुःखद् हो ।’
ओखलढुगांमा जन्मेका मोटिभेसनल स्पिकर रवी किरणले विगत तीन वर्षयता नेपालका ४० जिल्लामा दुई सय बढि सेमिनार चलाइसकेका छन्। त्यस्तै, भारत, चिन, युएस, जापान र डेनमार्कमा मोटिभेसन सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका छन् ।
त्यस्तै, उनले विद्यार्थी, शिक्षक र अभिभावकलाई उत्प्रेरित गर्ने गतिविधि पनि संचालन गर्दै आइरहेका छन्।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
Archives
Archives