पोखरा, १ चैत । विराटनगर महानगरपालिकाले ‘छोरी बचाउ अभियान’ शुरु गरेको छ ।
छोरा र छोरीवीचको विभेद् अन्त्य गर्ने उदेश्यले सो अभियान शुरु गरिएको हो ।
अभियानले छोरी जन्मिदाको दृष्टिकोणमा परिवर्तन ल्याउन तथा छोरीलाई छोरा सरह समाजमा स्थापित हुन सहज हुने विश्वास गरिएको छ ।
पहिलो पटक छोरी जन्माउने १५ जना आमालाई प्रोत्साहन स्वरुप तीन हजार सहित सम्मान गरेर अभियान शुभारम्भ गरिएको छ।
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गरेका थिए ।
महानगरपालिकाले पहिलो चरणको अभियान अन्तर्गत ३५ जनालाई प्रोत्साहन भत्ता वितरण गर्ने जनाएको छ।
पछिल्लो समय गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गराउने विकृति बढिरहेको छ।
Related News
सम्बन्धित समाचार
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए
अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी