पोखरा, ३० फागुन । यो वा त्यो वहानामा युवतीमाथि आक्रमण हुने क्रम बढ्दै गएको छ ।
बुधबार कञ्चनपूरमा पनि एक युवतीमाथि आक्रमण भएको छ। एक युवकले भिमदत्त नगरपालिका – ५ बैजनाथ टोलकी २१ बर्षीया सुनिता चन्दमाथि आक्रमण गर्नुको साथै अनुहारमा तातो घ्यू खन्याएका छन्।
विवाहको प्रस्ताव अस्वीकार गरेकोभन्दै भिमदत्त नगरपालिका – १० गड्डा चौकीका ३० वर्षिय राकेश चन्दले उनीमाथि क्रुर आक्रमण गरेका हुन् । उनले ती युवतीको आँखामा निर्धात कुटपिट गर्नुका साथै टाउको र मुखमा तातो घ्यू खन्याएका थिए ।
बुधबार पूजा गर्नका लागि घरमै घ्यू तताइरहेकी सुनिता चन्दमाथि राकेशले कुटपिट गर्नुका साथै तातो घ्यू मुखमा फालेर भागेको घर परिवारले जनाएको छ।
आक्रमणबाट उनी सख्त घाइते भएकी छन्। उनको गेटा आँखा अस्पताल उपचार गरिएको छ । सरिताको टाउको , अनुहार र आँखामा पोलिएको छ । घरपरिवारले दोषी उपर कडा कारबाहीको माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ज्ञान बहादुर सेठीले अभियुक्तको खोजी भइरहेको बताएका छन्। प्रहरीका अनुसार, राकेशमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर हुने छ।
Related News
सम्बन्धित समाचार
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने